उपत्यकाको सवारी आवागमन सहज बनाउन तीन सदस्यीय समिति गठन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकाको सवारी आवागमन थप सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले समिति गठन गरेको छ ।

महाशाखाले प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा आइतबार तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रहरी निरीक्षक दामोदर सिलवाल र अवकाशप्राप्त पूर्वप्रहरी निरीक्षक सिताराम हाछेथु रहेका छन् । विशेष गरी रिङ्गरोडभित्रका सवारी चाँप हुने स्थान र चोकहरूमा स्थलगत अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यस समितिले बढी प्रेसर हुने विभिन्न स्थानहरूको स्थलगत अध्ययन गरी कुन कुन ठाँउमा राइट टर्न, यू टर्न , क्रसिङ निषेध गर्ने, अब्यबस्थित पार्किङ्गहरु हटाउने, पिक एण्ड ड्रपलाई पुनराबलोकन गरी व्यबस्थापन गर्ने लगायतका बिषयमा स्थलगत अध्ययन र सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेर सुझाब पेश गर्ने बताएका छन् ।