न्युज अफ नेपाल, काठमाडौं ।
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन् ।
तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कानून मन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त रहेको कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।
सभामुखको दाबी गर्दै आएकी तुङ्बाहाङ्फेले गत माघ ६ गते रानीनामा दिएकी थिइन् । तुङ्बाहाङ्फेको राजीनामापछि अग्नि सापकोटालाई सभामुख बनाइएको छ भने उपसभामुख पद रिक्त रहेको छ।











प्रतिक्रिया