न्युज अफ नेपाल, ललितपुर ।
ललितपुरको लेलेमा ग्रेनेड बम भेटिएको छ ।
कालो प्लाष्टिकमा पोको पारिएको अवस्थामा सुकुराम मिजारको घरमा बम फेला परेको प्रहरीले बताएको छ । मिजारको घरमा उक्त पोका आइताबार बेलुका राखिएको हुनसक्ने आशंका प्रहरीको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम डिस्पोजका लागि नेपाली सेनाको टोली मिजारको घरमा पुगेको जनाइएको छ ।











प्रतिक्रिया