यमनको हवाई हमलामा ३१ सर्वसाधारण मारिए


साना,(एजेन्सी)
यमनमा संघर्षरत साउदी नेतृत्वमा रहेको गठबन्धन फौजको एउटा लडाकू विमान यमनको उत्तरी प्रान्त अल–जावफमा खसेको छ। साउदी अरेबियाको सरकारी समाचार निकाय स्पाकाअनुसार गठबन्धन फौजका प्रवक्ताले यमनी सैनिक इकाइसमक्ष राहत सामग्री लिएर जाँदै गर्दा साउदी टर्नाडो लडाकू जेट विमान खसेको बताएका छन्।

यमनको हौथी लडाूहरुले आफूहरुले शुक्रबार राति सोविमान खसालेको दाबी गरेका छन्। उक्त विमान खसेको लगत्तै शनिबार अल जावाफमा गरिएको भीषण आक्रमणमा ३१ जना सर्वसाधारणको ज्यान गएको आइतबार संयुत्त, राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्रसंघबाट जारी भएको विज्ञप्तिमा सो आक्रमणमा अन्य कमितमा १२ जना गम्भीर घाइते भएको उललेख गरिएको छ।

सायदी नेतृत्वमा रहेको गठबन्धन फौजले सन् २०१५ देखि यमनमा हौथी लडाकूहरुविरुद्ध भिडन्त गर्दै आएको छ। हौथीहरुले राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेपछि गठबन्धन फौजले हस्तक्षेप शुरू गरेको हो। हौथी लडाकुहरुले जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रयोग गरेको सो विमान खसालेको दाबी गरेको छ।

तर साउदी अरेबियाको सो विमान दुर्घटनामा कति जना मरे वा के कारणले विमान खस्या भन्नेबारे केही पनि टिप्पणी गरेको छैन। हौथी लडाकूहरुले गठबन्धन फौजको हवाइ आक्रमणमा केही बालबालिकाको समेत ज्यान गएको दावी गरेका छन्। यमनको गृहयुद्धमा अहिलेसम्म दसौ्रं हजार व्यक्तिको ज्यान गइसकेको छ।