रसुवामा बसाइ सराइ गरेकाे भरमा सेयर नपाइने

14
Shares

सरस्वती न्यौपाने, रसुवा ।

सर्वपक्षिय बैठकबाट रसुवामा बसाइ सराइ सरेको भरमा मात्र सेयर नदिई अन्य प्रक्रिया पुरा गरे मात्र सेयर पाउने भएका छन् ।

रसुवगढी हाइड्रोपावर कम्पनि दर्ता भएको मिति २०६८ साउन १७ र सान्जेन जलविद्युत कम्पनि दर्ता भएको मिति २०६६ माघ १८ गते भन्दा पछि सेयर निस्कासन का लागी विवरण पत्र स्वीकृत मिति सम्म अन्यत्र जिल्ला बाट आएकाले थप प्रक्रिया पुरा गरेको हुनुपर्ने भएको छ ।

जिल्ला वासिका लागी रसुवागढी ले ६८ लाख ४२ हजार सय कित्ता र सान्जेन ले ३६ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्दैछ ।यी दुई कम्पनिले जिल्ला बासिका लागी सेयर निष्कासन गर्नका लागी अति प्रभावित, प्रभावित, सामान्य प्रभावित तथा जिल्ला बासि भनेर वर्गीकरण गरेको छ उमेर पुगेको हकमा मतदाता नामावलिमा नाम दर्ता भएको एकिन धारा विजुली जोडिएको घर टहरा बनाई स्थायि रुपमा बसोबास गरिरहेको बसाइ सरि आएको र सम्बन्धित वडा कार्यालय ले प्रदान गर्ने सिफारिस पत्र पेश गरेमा मात्र आवेदन दिन पाउने निर्णय भएको छ ।