गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

0
Shares

पोखरा, (नेस)।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिनुभएको छ।उहाँले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिनुभएको थियो।

नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको छ।उहाँको उक्त कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको छ। उहाँका कतिपय आलोचकले उहाँलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेका छन्।