‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन संभव छैन, कठघरामा उभिनै पर्छ’ : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्ष अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा उम्कन संभव नरहेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्मला हत्या प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउने बताएका हुन् ।

‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन संभव छैन, दोषीले कानुनको कठघरामा उभिनै पर्छ,’ प्रधानमन्त्रीले भने । देशमा शान्ति सुरक्षाको अवस्था राम्रो हुँदै गएको उल्लेख गर्दै ओलीले भने, ‘सरकार छ र सुरक्षित छौं भन्ने भावना जनतामा विकास भएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्याको १८ महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।