रसुवागढि नाका थप सात दिनका लागि बन्द

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गत माघ १५ देखि पन्ध्र दिनका लागि बन्द रहेको रसुवा गढि नाका थप सात दिनका लागि बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाईरस सर्ने आशङ्काले रसुवागढि देखि केरूङ सम्मको आवतजावत बन्द गरिएको हो । तर, पुलपारिको पसल सम्म जान भने रोक लगाईएको छैन । यस्तै, कार्यालयहरू पुर्ण रूपमा खुल्ला रहेको भण्डारीले बताएका छन् ।

चिनमा फैलिएको कोरोना भाईरस अझैसम्म सिमामा देखा नपरेका कारण सर्तकता अपनाउन फागु १ गतेबाट थप हप्ताको लागि नाका बन्द गरिएको हो ।