जोशीद्वारा चीनलाई १० हजार थान मेडिकल माक्स सहयोग

188
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

छिमेकी देश चीनमा देखिएको कोरोना भाईरसबाट संक्रमण फैलन नदिन विपद्मा नागरिक स्तरबाट चीन सरकारलाई सहयोग पुर्‍याउने उदेश्यले १० हजार थान मेडिकल माक्स दुतावास मार्फत हस्तान्तरण गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा १३ साँगा निवासी क्लिन सिटी प्रा.लीका तर्फबाट अध्यक्ष सुकदेव जोशीले नेपालका लागि चिनियाँ राजदुत होय यान्छीलाई शुक्रबार हस्तान्तरण गर्नु भएको हो । यस अघि उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मार्फत चिनिया राजदुत यान्छीलाई सोहि कम्पनीमा उत्पादन भएका १ लाख थान मेडिकल माक्स हस्तान्तरण गरिएको थियो ।

काभ्रे र उपत्यका आसपासका जिल्लाहरुमा माक्स उत्पादन हुने एउटै कम्पनी क्लिन सिटी हो । जसले दैनीक १० हजार माक्स उत्पादन गरिरहेको छ । बजार मुल्य प्रति माक्स १० रुपैया भए पनि होलसेल ५ रुपैयामा विक्री गर्ने गरेको अध्यक्ष जोशीले बताउनु भयो । ‘छिमेकी देशलाई संकट परिरहेको बेला थोरै भए पनि सहयोग गरौ भन्ने उदेश्यले मेडिकल माक्स हस्तान्तरण गरिएको हो’–अध्यक्ष जोशीले भन्नुभयो–‘थोरै थोरै सहयोगले पनि विपद्मा सहयोग पुग्ने आशा गरेका छौं ।’ मास्क लिदै राजदुत यान्छीले विपद्मा सहयोग गरेकोमा नेपाल, नेपाली र जोशी सहित उहाँको कम्पनीलाई धन्यवाद र आभार ब्यक्त गर्नु भएको थियो ।

साँगामा चार वर्ष देखि मास्क लगायतका सामानहरु उत्पादन गर्दै आएको कम्पनीले डाक्टरले लगाउने सर्जिकल माक्स, नेट क्याम्प, सपिङ्ग ब्याग, प्रिन्ट ब्याग, कपाल छोप्ने क्याप, अटोमेटिक स्क्रिन प्रिन्ट लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको अध्यक्ष जोशीले बताउनु भयो । अन्य देशबाट कच्चा पदार्थ ल्याएर सामाग्री उत्पादन गर्दा उत्पादन लागत बढेकाले विदेशबाट आयात हुने सामाग्रीसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अध्यक्ष जोशीले बताउनु भयो । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उद्योगी ब्यवसायीहरुका समस्या समाधान गर्न राज्यका नीतिहरुमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

चिनमा कोरोना भाईरस देखिनु अघि बजारमा मेडिकल माक्सको माग थिएन । अहिले उत्पादन गरेर भ्याईएको छैन । माग भएको बेला छिमेकी देशबाट आउनु पर्ने कच्चा पदार्थहरु आउन सकेको छैन ।