न्युज अफ नेपाल, काठमाडौं ।
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा शुक्रबार बसेको बहसले १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया