केभीएस र हाइली सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं विनायक शिक्षालय (केभीएस) र हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
केभीएसले नेपाल तारालाई ३–० गोलले पराजित गर्यो। केभीएसका नवीन रोकाया, किसन मखिम र नितम कार्कीले गोल गरे।

हाइली क्रिएटिभले भगवान खत्रीको निर्णायक गोलमा भीमेश्वर एकेडेमीलाई १–० गोलले हरायो। अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बड र ग्रिनविच क्वार्टरफाइनलमा पुगे। गोल्डेन बडले लाइसियम प्याराडाइसलाई २–० गोलले पाखा लगायो। दुवै गोल विवेक गुरुङले गरे। ग्रिनविचले नेक्ससलाई पेनाल्टी सुटआउटमा पन्छायो।