छात्राको हातहातमा ‘सेनेटरी प्याड’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

विहान पुस्तक ब्यागमा लिएर विद्यालय आएका शिक्षा सदन माध्यमिक विद्यालय बनेपाका छात्राहरूलाई घर फर्कँदा प्याड दिएर पठाईएको छ। हातमा प्याड लिए सँगै विद्यार्थीहरू खुशीले गदगद भएका छन्।विद्यालयमा अध्ययनरत १ सय ७८ जना छात्राहरूलाई पहिलो चरणमा बनेपा नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हो।

सामुदायीक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई निशुल्क प्याड वितरण गर्ने नेपाल सरकारको निती अनुसार जिल्लामै पहिलो पटक बनेपा नगरपालिकाले शिक्षा सदन माध्यमिक विद्यालयबाट छात्राहरूलाई सेनेटरी प्याड वितरण शुरु गरेको हो।

सेनेटरी प्याड वितरण गर्र्दै बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिकाले नेपाल सरकारको निती नआउँदै नगर भित्रका सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्न बजेट विनियोजन गरिएको बताउनु भयो। उक्त कार्यक्रम नगरले आवश्यक ठानेर छात्राहरूको स्वास्थ्यमा ध्यान दिदै प्राथमिकतामा राखेको प्रमुख बादेले बताउनु भयो।

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको सदुपयोग गर्न नगर प्रमुख बादेले छात्राहरूलाई आग्रह गर्दै नेपाल सरकारले प्राथमिकतामा राखेकोमा धन्यवाद दिनु भएको थियो।
नगरले भौतिक विकास सगै नगरबासीहरूका लागी स्वास्थय शिबिर,मोतिबिन्दु भएका विरामीहरूका लागी निशुल्क अपरेशन, कृषकहरूका लागी कृषि तालिम, पशु शिबिर जस्ता कार्यक्रमहरू गर्र्दै आएको वताउनु भयो।

कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले बनेपा नगरले नगरबासी महिला दिदी बहिनीहरूलाई सेनेटरी प्याड बनाउन तालिम प्रदान गरीएको बताउनु भयो। ‘त्यही तालिम प्राप्त महिला दिदिबहिनीहरूले नगरलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गर्न सफल हुनु भएको छ’( उपप्रमुख रेखा सापकोटा दाहालले भन्नु भयो ( ‘तालिम प्रदान गरे पछि प्रयोगमा ल्याए जस्तै छात्राहरूले प्याडको सहि सदुपयोग गर्नु पर्छ।’ कार्यक्रममा पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड प्रयोग सम्बन्धि अभिमुखीकरण समेत प्रदान गरिएको थियो।

नगरपालिका भित्र रहेका २९ वटा सामुदायीक विद्यालयहरू मध्ये २३ वटा विद्यालयका १ हजार ३ सय ४२ जना छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिने शिक्षा शाखा प्रमुख श्याम सिं धामीले वताउनु भयो। नगरका अन्य विद्यालयमा छिट्टै वितरण गरिने धामीले वताउनु भयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यालयले बनेपा नगरको सहयोगमा २०७३ सालबाट नै सेनेटरी प्याड वितरण गरिदै आएको बताउनु भयो। विद्यालयमा विद्यार्थीहरूलाई बालमैत्री शौचालय, छात्र र छात्राहरूको लागी छुट्टै शौचालयको ब्यबस्था रहेकाले विद्यालयमा सेनेटरी प्याडको प्रयोग गर्न सहज हुने बताउनु भयो। शिक्षा सदनमामा १ सय ७८ जना छात्राहरू रहेको उहाँले बताउनु भयो। एक विद्यालय एक नर्स अनुसार शिक्षा सदन छनौट भई कक्षा प्रारम्भ भएको, विद्यार्थीहरूलाई अग्र्रेजी माध्यमद्धारा पठनपाठन शुरु गरिएको छ। कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष चमन कायस्थको सभापतित्वमा भएको थियो।