नमुना वस्तीमा अन्तरक्रिया

0
Shares

बासुदेव शर्मा , जाजरकोट ।

नलगाड नगरपालिकाले संचालन गरेको एक वडा एक नमुना वस्ती कार्यक्रमलाई प्रभावकारी वनाउन वडा स्तरिय अन्तरक्रिया कार्यक्रम गरेको छ। नगरपालिकाले गत वर्ष देखि शुरु गरेको एक वडा एक नमुना वस्ती बिकास कार्यक्रमबाट नागरिकलाई पारेको प्रभाव आगामी दिनमा गर्नुपर्ने कार्यक्रमका विषयमा जानकारी दिन नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

साझा र समृद्ध, हरित, हिंसा रहित नलगाड, शु(शासनयुक्त नलगाड साथ संन्चालन निर्माणको थालनी गरेको नमुना वस्ती विकास कार्यक्रम कार्यन्वयनका सिलसिलामा नमुना वस्ती बिकासका आयामहरूको विषयमा जानकारी गराउन, नमुना वस्ती विकास कार्यक्रमले पारेको प्रभावका विषयमा समिक्षा गर्नेउद्धेश्यले नलगाड नगरपालिकाका १३ वटै वडामा वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्ध नलगाड, सुखी नलगाड बासीको अवधारण लिएको नगरपालिकाले गत वर्ष देखी संचालन गरेको अभियानलाई सार्थकता दिन, कार्यक्रमले पारेको प्रभावको जानकारी लिन कार्यक्रमको आयोजना गरेको हो। नमुना वस्ती निर्माण गर्न सुचकहरू पुरा गर्नु पर्ने भएकोले उक्त सुचक,मापदण्ड प्रस्तुत गरिएको थियो।

नमुना वस्ती बिकासमा आवश्यक वस्तु परिपुर्ति गरी नमुना वस्ती निर्माण हुने भएकोले सुचक र मापदण्डहरूको वारेमा जानकारी गराउदै गत वर्ष संचालन भएका कार्यक्रमको समिक्षा गरिएको थियो।

नमुना वस्ती बिकास कार्यक्रमका सहजकर्ता नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले नमुना वस्ती निर्माण गर्दा आवश्यक सुचक र मापदण्डहरू प्रस्तुत गर्न भएको थियो। नमुना वस्ती निर्माण गर्दा सरकार भन्दा वढी सक्रिय भएर लाग्न नमुना वस्तीका नागरिकहरूलाई आग्रह गर्नु भयो।

नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले सुखी र समृद्ध नगरपालिका निर्माण गर्नको लागी संचालन गरेको अभियानलाई पुर्ण रुपमा सफल वनाउन सरोकारवाला निकाय, नागरिक समाज लगाएत शिक्षक, वुद्धिजिवी लाग्नु पर्ने वताउदै नमुना वस्ती निर्माण गर्ने प्रमुख जिम्मेवारी महिलाहरूमा हुने भएकोले गाउँमा हुने विकृति विसंगतिका विरुद्ध महिलाहरू उत्रिन आग्रह गर्नु भयो। जाँड रक्सी जुवातास लगाएतका कार्यहरू वन्द गर्न लाग्नु पर्ने वताउनु भयो। नमुना वस्तीमा जाँड रक्सी जुवातास निर्मुल गर्न स्थानिय कानुन तयार भएकोे छ।

कानुन अनुसार अगाडी वढ्ने वताउनु भयो। गाउँमा विकृति विसंगति गर्ने जो कोहिलाई पनि तिन पटक सम्म सजग गराउन सल्लाह सुझाव दिन चौथो पटक त्यस्तै गरेको पाए महिला समुह मिलेर नगरपालिकाम उजुरी गर्न आग्रह गर्नु भयो।

केहि समय पछि नमुना वस्तीमा मदिरा निषेधित गर्ने लक्ष्य भएकोले घरपरिवार, समाजलाई असर पर्ने काम कसैले नगर्न आग्रह गर्नु भयो।अन्तरक्रिया कार्यक्रममा महिलाहरूले जाँड रक्सी बनाउने काम गर्ने भएकोले पुरुषहरू खाने गरेका हुन महिलाहरूले उत्पादन बन्द गरे पुरुषहरूले खाना नपाए विकृति विसंगती नहुदे भएकोले मदिरा नियन्त्रणमा महिलाहरू सक्रियका साथ लाग्न प्रमुख रावलले सुझाव दिनु भयो।नगर उपप्रमुख बालकुमारी वस्नेत, वडा अध्यक्ष केशव प्रसाद शर्मा ,कार्यपालिकाका सदस्य नर बहादुर विक लगाएतले आफना भनाई राख्नु भएको थियो।