भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ। फागुन २, ३ र ४ गते भक्तपुरको कमल विनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक आरम्भ नेपालले जनाएको छ।

प्रदर्शनी आयोजक नेपालले प्रदर्शनीको विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय युवालाई स्थानीय स्रोतसाधन प्रयोग गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरू गरी सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको संस्थाले पुस्तक प्रदर्शनी गर्न लागेको प्रदर्शनीका सहसंयोजक दिनेश प्रधानले बताउनुभयो।

‘अध्ययन गर्ने बानीले हामीभित्र असल मानवको गुण जन्माउँछ। यही कुरालाई मनन् गर्दै भक्तपुर जिल्ला र वरिपरिका जिल्लामा बसोबास गर्ने नागरिकमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गर्न लागेका हौं।’ –उहाँले भन्नुभयो।

प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गर्ने निश्चित भएको बताउँदै आयोजक नेपालका अध्यक्ष बालकृष्ण वनमालाले प्रदर्शनीमा विभिन्न प्रकाशकको साथै फोटो प्रदर्शनी, नेवारी परिकारका खानाहरूको स्टल, भक्तपुरको कला संस्कृतिसंग सम्बन्धित चित्रकला÷मूर्तिकला प्रदर्शनी, नवदूर्गा जात्रास’ सम्बन्धित मुकुण्डो प्रदर्शनी हुने बताउनुभयो।