बन्दरगाह निर्माणमा कामदारको अभाव

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।

रसुवा नाकामा निर्माण थालिएको सुख्खा बन्दरगाहका लागी कामदारको अभाव देखिएको छ । मंसिरदेखि निर्मााण कार्य सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हाे । निर्माणमा कार्यरत २४ जना चिनियाँमध्ये ९ जना कामदार मात्र अहिले कार्यरत छन् ।

बाँकी नयाँ वर्ष मनाउन चिन गएका छन् भने कोरोना भाइरसका कारण पनि कामदार आउन सकेका छैनन । निर्माण कार्यमा नेपाली कामदार संलग्न भएपनि पर्याप्त छैनन ।

बन्दरगाह निर्माणका लागी पर्याप्त कामदार नहुँदा कामले गतिलिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताउनु भयो ।

बन्दरगाहको निर्माणको कामले गति लिएको पनि छैन, बन्दरगाहको निर्माणको काम सात प्रतिशतले सकिएको छ । चिन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बन्दरगाह निर्माणको जिम्मा फुलि कन्स्ट्रक्सनले पाएको छ ।

अहिले सामाग्री आयात गर्नुका साथै जग्गा सम्याउने कामगरिसकेको छ भने निर्माण कार्य भईसकेको र मुआब्जा पाउन बाँकी रहेका प्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ ।

चीन सरकारको लगानीमा चिनियाँ टोलिले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छाै नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

चिन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । डिजाइन अनुसारको काम पहिलो चरणमा पुरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरीनेछ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा बन्ने बन्दरगाहका लागी आवश्यक पर्ने जग्गा अधिकरण गरि सकेको छ ।

लाङटाङ राष्ट्रिय निकुन्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ । चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता भएको छ ।

समितिले २०७५ माघ १ गते चीनको छेन्दूमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । नेपालीपक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामाग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगाएतका कार्य गर्ने छ ।

निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन निगरानी र समन्वयको भुमिका निर्वाह गर्नेछ । आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो । बन्दरगाहमा पार्किङ स्थल, गोदाम घर, प्रशासनिक भवन जाँचपास स्थल, भन्सार, क्वारेन्टाइन, बैक, ल्याव रहनेछ ।

बन्दरगाहमा पाँच हजार १ वर्ग मिटरको पाँचतल्ले प्रशासनिक भवन, ७ सय ५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्ग मिटरका दुई वटा गोदाम जाँचपास स्थल रहनेछ । बन्दरगाहमा तीन सय ५० वटा माल बाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे आठ हेक्टर जमिनमा बन्दरगाह बन्न लागेको हो ।