चौध सेलिब्रिटी एकै ठाउँमा, ‘मायामा परेको म एउटा कवि’ विषयमा कविता भन्दै

0
Shares

न्युज अफ नेपाल ,काठमाडौ ।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा कहलिएका १४ जना चर्तित व्यक्तिले एकै स्थानमा कविता वाचन गर्ने भएका छन् । कवितासंग प्रेम साटासाट गर्ने उद्देश्यले धेरै व्यक्तिको मायासंग जोडिएको विषलाई केन्द्रीत गरी कविता वाच गर्न लागेका हुन । विशेषगरी भ्यालेनटाइन डेमा केटाकेटी घुम्न जाने र मनोरञ्जन मात्र गर्ने परम्पराको अन्त्य गर्दै आफ्नो जीवनमा प्रेमसंग जोडिएका विषयलाई कविता मार्फत उतार्न सेलिब्रेटीहरुले प्रमिल कविता सुनाउने कार्यक्रम आयोजना गर्न लागेको हो ।

शुभदिन मिडीया एण्ड सिसर्च सेन्टरले आयोजना गर्न लागेको कार्यक्रममा सबै सेलिब्रिटीहरुले आइ एम अ पोइट इन लभ अर्थात मायामा परेको म एउटा कवि विषयमा कविता बाचन गर्ने कार्यक्रम रहेको मिडियाका निर्देशक एवं पुर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिनुभयो ।

भोली साझ बानेश्वरको मोजो बुटिकमा आयोजना हुने कार्यक्रममा पुर्व प्रदेश–३ की पुर्व प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पुर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, वरिष्ठ अधिवक्ता एवं संविधान निर्माता भिमार्जुन अचार्य, पत्रकार बबिता बस्ने, साहित्यकार एवं निर्देशक प्रकाश सायमी, नायिका गौरी मल्ल,सांसद एवं गायीका कोमल वली, सागकी स्वर्ण पदक विजेता आयशा शाक्य, कलाकार एवं फिल्म निर्देशक दीपाश्री निरौला, श्वेता खड्का, कार्यक्रम प्रस्तोता नरेश भट्टराई, साझा पाटीकी नेतृ रञ्जु दर्शना, डा.सुवास आचार्य, सृष्टि केसी तथा आफ्ना प्रेम–भावना बोकेका कविताहरु वाचन गरेर भ्यालेन्टाइन डेलाई विशेष उपहार दिनेछन् ।

फेब्रुअरी १४ को दिन १४ जनाबाटै कबिता बाचन हुनेछ । मायालाई फरक शैलीमा प्रस्तुत गर्ने र सो भवनाबाट मायाको परिचय दिने उद्देश्यले सबै सेलिब्रिटीले एकै विषयमा कविता बाचन गर्ने कार्यक्रम रहेको निर्देशक केसीले बताउनुभयो । राजनितिज्ञ देखि सुरक्षा निकायका उपल्लो दर्जाका व्यक्ति, समाजसेवी देखि कलाकारसम्मले सम्भवतः एकै स्थानमा प्रेमको विषयमा कविता बाचन गर्न लागेको सम्भवतः पहिलो हो ।

भौतिक उपहार पुरानो हुने, हराउने, फुट्ने र टुट्ने भएकोले अस्थाई हुने तर, भावना सदाबहार एकनास रहने भएकोले यस वर्षको भ्यालेन्टाइन उपहार प्रमिल कविता बाचन राखिएको निर्देशक एवं पुर्व मिस नेपाल केसीले बताउनुभयो । आफ्नो जीवन र परिवारसंग प्रेम जोडिएका विषयलाई थिम बनाएर सबैले कविता बाचन गर्नेछन् ।