दुर्घटनामा नायिका सिलवाल सहित दुईको मृत्यु

0
Shares

सिताराम अधिकारी,धादिङ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा गएराती स्कुटी र बस आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।लामो समय देखि फिल्मी क्षेत्रमा लाग्दै आएकी नायिका महिमा सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको दुघटनामा मृत्यु भएको हो ।

वा ९८ प ७०५८ नमबरको स्कुटि र लु २ ख १३५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा स्कृटिमा सवार दुवै जनाको मृत्यु भएको हो । नायिका महिमा सिलवालको घटनास्थलमा र सर्मीलाको काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

महिमा र सर्मिला बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।