प्रधानमन्त्री ओलीले गरे जनयुद्ध दिवसको मौन बहिस्कार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता कार्यकर्ताहरुले आज २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोतिजना शहिदहरुप्रतिको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।

यसअघि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली सहभागी छैनन् ।यसअघि नेकपा केन्द्रीय कार्यालयद्वारा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी गराईएको थियो ।

अघिल्लो बर्ष जनयुद्ध दिवसको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।यसैबीच आज दिनभर जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले पनि बिभिन्न कार्यक्रम गर्दैछन् ।

नेकपा सम्बद्ध अनेरास्ववियूले आज साँझ पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ ।