दुर्घटनामा चारको मृत्यु

0
Shares

नवलपरासी, (नेस)।

पूर्वी नवलपरासीको उत्तरी पहाडी क्षेत्र छरछरे गाउँको भित्री सडकमा मंगलबार राती भएको ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

जिप्रका पूर्वी नवलपरासीका अनुसार मृत्यु हुनेमा बुलिङ्गटार–३ का ५९ वर्षीय यमन सिंह सुस्लिङ्ग, ४० वर्षीय पूर्णबहादुर थापा, २२ वर्षीय नरबहादुर सुस्लिङ्ग र २५ वर्षीय लीलाबहादुर सारु रहेका छन्।

स्थानीय छरछरे गाउँमा भएको भलिबल खेल हेरी घरतर्फ फर्कंदै गरेका गाउँलेहरू चढेको लु४त २५५६ नम्बरको ट्याक्टर कच्ची सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

ट्याक्टर दुर्घटनामा परेका १७ जनामध्ये २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घाइतेमध्ये ९ जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ भने ४ को अवस्था सामान्य रहेको बताइएको छ।