खनाल कार्यदलले माग्यो १० दिन

0
Shares

काठमाडौं, (नेस)।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदलले १० दिन समय थप गर्न माग गरेको छ।

वरिष्ठ नेता एवं उक्त कार्यदलका संयोजक खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० दिन म्याद थप्न पत्राचार गर्नुभएको हो। वरिष्ठ नेता खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले अध्ययन गर्ने काम सकेका छौं, अब प्रतिवेदन लेख्न बाँकी छ, धेरै पक्षमा अध्ययन गर्नुपर्ने भएकाले समय लाग्यो अझै १० दिन आवश्यक परेकाले अध्यक्षद्वयलाई म्याद थप्न पत्र लेखेको छु।’

उहाँका अनुसार १ फागुनदेखि लागू हुने गरी थप १० दिन समय माग गरिएको छ।एमसीसी संसद्बाट पास गराउने विषयमा विवाद बढेपछि यसबारे अध्ययन गर्न नेकपाले यही माघ १९ गते कार्यदल गठन गरेको थियो।

कार्यदलको समयावधि हिजो बुधबारदेखि सकिँदै थियो। कार्यदलमा स्थायी कमिटी सदस्य एवं पार्टीको संगठन विभाग सदस्य भीम रावल र स्थायी समिति सदस्य एवं पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य हुनुहुन्छ।