चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा : १० प्रतिशतले घट्यो बजेटको आकार

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ कायम गरिएको जानकारी दिनुभयो।

चालू आर्थिक वर्षको बजेटमा सरकारले ८ दशमलव ५ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको थियो। बजेटको आकार घटाए पनि सरकारले आर्थिक वृद्धिदर भने पहिलेकै कायम गरेको छ।

उहाँले कुल विनियोजित बजेटको ९० दशमलव ४ प्रतिशत मात्रै कायम गरिएको समेत बताउनुभयो। यसअघि सरकारले चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपियाँ ल्याएको थियो।

आर्थिक वृद्धिदरको लक्ष्य यथावत्

सरकारले बजेटको आकार घटाए तापनि आर्थिक वृद्धिदरको लक्ष्य भने पहिलेकै कायम गरेको छ। आर्थिक वृद्धिका विषयमा अर्थमन्त्री खतिवडाले केही बताउनुभएन।

चालू आर्थिक वर्षको बजेटमा सरकारले ८ दशमलव ५ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको थियो। बजेटको आकार घटाए पनि सरकारले आर्थिक वृद्धिदर भने पहिलेकै कायम गरेको छ।

राजस्व लक्ष्यमा संशोधन

सरकारले राजस्वको लक्ष्य संशोधन गरेको छ। बजेटमा अनुमान गरिएकोमध्ये ९० दशमलव ५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिनुभयो।

यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य भए पनि अब ८ खर्ब ८८ अर्ब मात्रै राजस्व संकलन गर्ने लक्ष्य संशोधन गरिएको छ।

राजस्व संकलनमा केही चुनौती देखापरेको बताउँदैे अर्थमन्त्री डा. खतिवडाले नयाँ व्यवस्थामा व्यवसायीहरू नभिजिसकेकाले भन्सार राजस्व संकलन सोचेजति राम्रो हुन नसकेको उल्लेख गर्नुभयोे।

विदेशी लगानी उत्साहजनक

सरकारले विदेशी लगानी उत्साहप्रद भएको जनाउँदै विकास आयोजना कार्यान्वयनका लागि ७२ अर्ब ९८ करोड २३ लाख रुपियाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको छ। यसै गरी वैदेशिक सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम ६४ अर्ब ४८ करोड रहेकामा समीक्षा अवधिमा ३४ अर्ब २२ करोड शोधभर्ना प्राप्त भइसकेको छ।

यसैगरी साउनदेखि पुससम्म चालूमा घाटा सुधार आएको छ। विप्रेषण १ प्रतिशतले मात्रै बढेको छ भने चालू खाता घाटा आधाले घटेको छ। विदेशी विनिमय सञ्चिति सुधार भएर कर्जा र निक्षेप बढे पनि वृद्धिदर घटेको छ।