मीना भण्डारी, गुल्मी ।
घमण्ड सकिँदा गरिब सोचाइ दास हुनेछ !
ऎना हेर्दै नहेर्नु सबै कुरा पर्दाफास हुनेछ !!
जब एक(एक गर्दै नियाल्नेछौ सबै कुरा !
तब मात्र झुटको दियोमा बतास हुनेछ!!
तिमिले थमाएका ती स्वार्थी आरोपहरु !
मेरो हर सफलताको लागि खास हुनेछ!!
यी कमजोरीमा टेकेर जवानि चाहनेलाई!
पाप ले पिरोल्नेछ नरकको बास हुनेछ!!
सत्यसँगको युद्धमा जब तिमी मारिनेछौ!
प्रफुल्ल हुनेछ यो मन हर्ष उल्लास हुनेछ!!
प्रतिक्रिया