कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिद-१९’

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चीनमा फैलिएको कोरोना भाइरसलाई नयाँ नाम दिइएको छ । नोबल कोरोनाभाइरसको नाम कोभिद-१९ राखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा मंगलबार पत्रकार सम्मेलन गर्दै भाइरसको नाम कोभिद-१९ राखेको जानकारि दिएका थिए । ‘को’ को अर्थ कोरोना, ‘भि’ को अर्थ भाइरस र ‘द’ को अर्थ डिजीज भएको बताइएको छ । गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक देखिएको नयाँ भाइरसले महामारीको रुप लिन थालेको छ ।

बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ । यस्तै, ४५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।