कोरोनाप्रतिको चर्को आशंका


यति बेला विश्वभर नोबेल कोरोना भाइरसको चर्चा चुलिएको छ। कारोनाकै कारण ९०२ जनाको मृत्यु भइसकेको छ भने झन्डै ४० हजारभन्दा बढी संक्रमित भएको तथ्यांकहरूले देखाएका छन्। छिमेकी मुलुक चीन यति बेला संकटमा छ।

सामान्यतया रुघाखोकीका कारण सर्ने कोरोना भाइरस पछिल्लो समय मलमूत्रबाट समेत सर्ने अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन्। मिडिया रिर्पोटका अनुसार १३८ जनामा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्ष पत्ता लागेको हो।

झाडापखालाबाट समेत सर्ने निष्कर्षले यसको खतरा झन् धेरै देखिएको छ। पालजस्तो विकासोन्मुख मुलुकमा खानेपानीका स्रोतहरू प्रायः खुला हुने गरेका छन्।

पानीमा मिसिने दिसाका किटाणुहरूका कारण पनि कोरोना भाइरस शरीरमा प्रवेश गर्न सक्छ। बिरामीको श्वासप्रश्वास प्रक्रियामा बढी ध्यान दिँदा अन्य कुराबाट पनि सर्ने कुरामा ढिलो चासो गएको बताइएको छ।

– सीमा सिलाल, कञ्चनपुर