कांग्रेस महाधिवेशन : गच्छेदार पन्छिदा कस्लाई फाइदा ?

0
Shares

न्युज अफ नेपाल,काठमाडौं । 

उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई भ्रष्टाचार मुद्धा लागे संगै नेपाली काग्रेसभित्र आन्तरीक रुपमा यसले महाधिवेशनको जोड घटाउमा पार्ने प्रभावका बारेमा पनि चर्चा हुन थालेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनीक गरिसकेको काग्रेस भित्र गच्छेदार साईड लाग्दा को को नेतालाई प्रत्यक्ष फाइदा पुग्छ भन्ने बारेमा काग्रेस भित्र चलेको चर्चालाई यहाँ प्रष्टाउन खोजिएको हो । काग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे संगै काग्रेसका शीर्ष नेताहरु नेतृत्व हत्याउने जोडघटाउका साथ कार्यकर्तामाझ रणनीति बनाउन थालिसकेका छन् ।

तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको नेतृत्व गरिरहेका गच्छेदारले गत आम निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली काग्रेसमा समायोजन गराउनु भएको थियो । तराई क्षेत्रमा प्रभावशालि पार्टीको रुपमा रहेको फोरम लोकतान्त्रिकलाई काग्रेसमा समायोजन गरेसंगै गच्छेदारलाई सभापति शेरवहादुर देउवाले उहालाई पार्टीको उपसभापति तथा संसदीय दलको उपनेता बनाइएको थियो । देउवा गुटका गच्छेदार आगामी महाधिवेशनमा पनि उपसभापति हुने चर्चा थियो ।

काग्रेस भित्र मुख्य रुपमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको तीन गुट रहेको छ । अन्य प्रभावशालि नेताहरुको थप उपगुट भएपनि यी तीन गुटको भागवण्डामा काग्रेसभित्रको आन्तरीक राजनीति अघि बढिरहेको छ । गच्छेदारलाई भ्रष्टाचारमुद्धा लागेसंगै उहालाई पन्छाउन सकेमा महाधिवेशनमा यसको प्रत्यक्ष फाइदा कुन कुन नेतालाई हुन्छ भन्ने बारेमा पार्टीका अन्य नेताहरु नाम उल्लेख नगर्ने सर्तमा मात्र बोल्ने गरेका छन् ।

गच्छेदार पन्छिदा कस्लाई फाइदा भन्ने बारेमा न्युजअफ नेपालले काग्रेसका प्रभावशालि नेताका रुपमा परिचित ५ जना केन्द्रिय सदस्यसंग प्रतिक्रिया लिन खोज्दा उनिहरुले ‘अप दी रेकर्ड’ भन्दै एउटै जवाफ दिएका थिए– गच्छेदार पन्छिए प्रत्येक्ष फाईदा अर्का उपसभापति विमलेन्द्र नीधिलाई हुन्छ ।

‘भेगिए हिसावले पनि, राजनीतिक हिसाबले पनि गच्छेदार र नीधि समान हुन’ काग्रेसका एक नेताले भने– गच्छेदार पन्छिदा नीधिलाई नै फाइदा हुन्छ । साथै यसको फाइदा निधीलाई मात्र हैन देउवा गुटलाई नै हुने भन्दै अर्का नेता भन्छन– गच्छेदार पन्छिए भने सभापति देउवालाई पनि महाधिवेशनमा टिम मिलाउन सजिलो हुन्छ । सभापति देउवा आफ्नो फाइदाको लागि जे पनि गर्छन भन्दै ति नेता थप्छन–एक उपसभापति मिलाउन पाए भने महामन्त्रि लगाएत अन्य पदाधिकारी मिलाउन पनि देउवालाई सजिलो हुन्छ ।

भ्रष्टाचार मुद्धा खेपेका गच्छेदार प्रति शुरुमा काग्रेस जति कडा रुपमा प्रस्तुत भएको थियो अहिले त्यतिनै नरम रुपमा प्रस्तुत हुन थालिसकेको छ । मंगलबार बसेको काग्रेस केन्द्रिय समिति बैठकले यो मुद्धामा गच्छेदारले कानुनी रुपमा प्रतिवाद गर्ने र पार्टीले राजनैतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ भने वुधवार विहान बसेको संसदिय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्ने निर्णय गरेको छ ।

सभापति देउवा आनतरीक राजनीतिमा प्रतिशतको भागवण्डामा रमाउने भएकोले गच्छेदार पन्छिएसंग महाधिवेशनमा आफ्नो टिम मिाउन सजिलो हुने देउवा गुटका अन्य नेताहरुको बुझाइ रहेको छ । गच्छेदार गए पनि नीधि रहने र नीधि पनि फुत्कने अवस्था आएमा देउवाले पौडेल गुटका प्रकाशमान सिंहालाई उपसभापति बनाउने रणनीति अपनाएको देउवा गुटका एक नेता बताउछन् । महामन्त्रीमा देउवाले पुर्णवहादुर खड्का र अर्को एकजना पौडेल तथा सिटौला समुहबाट तानेर टिम बनाउने योजना बनाएको ति नेताको भनाई थियो ।

काग्रेसको अधिवेशन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ कात्र्तिक १६ गते छ भने गाउँ/नगरपालिका अधिवेशन २०७७ कात्र्तिक १८ गते छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्र्तिक २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्र्तिक २३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्र्तिक २५ गते छ । प्रदेश अधिवेशन–२०७७ मंसिर २९ गते गर्ने कार्यतालिका सार्वजनीक भैसकेको छ ।