काठमाडौं, (नेस)।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटल प्रालिबीच बैंकका ग्राहकलाई होटलकोे सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहकले एल्लो प्यागोडा होटलको काठमाडौं तथा पोखरास्थित शाखामा सेवा लिंँदा विशेष छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।











प्रतिक्रिया