ज्ञान निकेतन र इनोभेटिभलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार विजेता बनेका छन्। ब्वाइज फाइनलमा ज्ञान निकेतनले सम्राट भूमिको ३४ अंकको योगदानमा इनोभेटिभलाई ६३–५६ ले पराजित गर्यो।

बुद्धनगरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २०–१७ ले हरायो।

ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि तथा गल्र्समा इनोभेटिभकी कृपा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा इनोभेटिभका मनीष गुरुङ तथा गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही ‘मोस्ट एसिस्ट’ खेलाडी बने।ब्वाइजमा पुष्प सदनका कर्मा गुरुङ तथा गल्र्समा एसियन पब्लिककी निपिशा रिजाल उदीयमान खेलाडी चुनिए।

सो अवसरमा यु–१६ राष्ट्रिय बास्केटबल टोलीबाट नेपालको प्रतिनिधित्व गरेका इनोभेटिभका पूर्व विद्यार्थी आशिष बस्नेत, ममता गुरुङ र जसाङ सुनुवार, तथा इनोभेटिभकै पूर्व बास्केटबल खेलाडी अनिश महर्जन र निखिल ब्यञ्जन्कारलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो।