६ विधेयक प्रमाणीकरण

0
Shares

काठमाडौं, (नेस)। 

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार मंगलवार राष्ट्रपति भण्डारीले संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको हो।

प्रमाणीकरण भएका विधेयक भूमिसम्बन्धी (आठौँ संशोधन), प्रहरी समायोजन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय), राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण, औद्योगिक व्यवसाय र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) रहेका छन्।