गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्षले पत्रकारलाई कुटे, अध्यक्षलाई तत्काल वर्खास्त गर्न माग


गैर आवासिय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भिमसेन थापा

दिपेन्द्र गजुरेल, स्पेन ।

गैर आवासिय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भिमसेन थापाले संघकै सदस्य तथा पत्रकार सविन धिताललाई निर्घात कुटपिट गरेका छन् ।

गैर आवासिय संघ पोर्चुगलभित्र देखिएका विसंगती र विकृतीहरु विरुद्ध विभिन्न समाचारमाध्यममा समाचारहरु सम्प्रेसण गरेको भन्दै धिताललाई गुन्डागर्दी सैलीमा कुटपिट गरेको संघका अन्य सदस्यहरु बताउँछन् ।

नेपाल पत्रकार महांसंघ युरोप च्याप्टरले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । नेपालीहरुको साझा संस्थाको रुपमा स्थापीत उक्त संस्थाको नेतृत्ववर्गमै यस्ता खालका विकृती फैलनु र हातपातका काण्डहरु हुनु संस्थाको हितमा नरहेको भन्दै महासंघले कार्यवाहाकको जिम्मेवारी पुरा गर्न थापा लायक नरहेको पुष्टि गरेको छ ।

घटनाको चर्को विरोधावास जनाउँदै थापाले तत्काल पदबाट राजीनामा दिनुपर्ने र उनलाई तत्काल वर्खास्त गर्नुपर्ने पत्रकार महांसघले माग गरेको छ ।

यस्तै गैरआवासीय नेपाली संघ अन्तराष्टिय संमन्व्य परिषदका अध्यक्ष कुमार पन्त, युरोप संयोजक नारायण अचार्य, राष्ट्रिय समनव्य परिषद पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायतलाई उनको वर्खात माग गर्न आग्रह गरिएको महासंघले जनाएको छ ।