एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा


न्युज अफ नेपाल, मकवानपुर ।

मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई ३ महिनाका लागि बन्द गरीएको छ । यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गर्ने निर्णय गरेको हो ।

पर्यटन ऐन, २०३५ को दफा ९१०० अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा प्रर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले सचिवस्तरीय निर्णय गरी ३ महिनाका लागि निलम्बन गरिएको पर्यटक विभागले जनाएको छ ।

निलम्बनमा परेसँगै पानोरमाले निलम्बन अवधिसम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।

साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणवातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।