न्युज अफ नेपाल, कञ्चनपुर ।
निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका छन् ।
गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले उनीहरुलाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताएका हुन ।
एसपी मरासिनीका अनुसार प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्र खोजेकाले पक्राउ गरिएको हाे ।
प्रतिक्रिया