गृहले गर्यो आईजीपीमा ज्ञवालीलाई प्रस्ताव


काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ ।