आईजीपी खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदै

आजै बिदाई गरिने

0
Shares

न्युज अफ नेपाल,काठमाडाँ ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदैछन् । उनीहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालयले औपचारिक समारोह राखेको छ ।

आईजीपी खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । दुईमध्ये आइजीपीमा जो नियुक्त भए पनि ३ महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

क–कसले पाउँदैछन् अवकाश ?

नेपाल प्रहरीका हालका आईजीपी खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।