ल्याब, सैनिक र रिब्स विजयी

0
Shares

काठमाडौं, (नेस)।

जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका ल्याब्रोटरी मावि, सैनिक आवासीय महाविद्यालय र रिब्स स्कुलले जित हासिल गरेका छन्।

कीर्तिपुरस्थित एपीएफ स्कूलमा भएको खेलमा ल्याब्रोटरीले लोयल्टी एकेडेमीलाई ३—० गोल अन्तरले पराजित गर्यो। टोलीका जितमा रबिन तामाङले २ र समीर स्यानह्याङले १ गोल गरेका थिए।

अर्को खेलमा सैनिकले पुष्पसदन आवासीय माविलाई ५—२ गोल अन्तरले पराजित गर्यो। टोलीलाई जित दिलाउन विमर्श थापाले ह्याट्रिक गरेका थिए। त्यसै गरी रिब्सले बाघ भैरव बोर्डिङ स्कुललाई ४—० को फराकिलो अन्तरले पराजित गर्यो।