भीमेश्वर र केभीएसको जित

0
Shares

काठमाडौं, (नेस) ।

भीमेश्वर एकेडेमी र काठमाडौं विनायक शिक्षालय (केभीएस) पाँचौं अर्किड कप अन्तर्विद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी भएका छन्। भीमेश्वरले निर्मल ज्योतिलाई टाइब्रेकरमा पराजित गर्यो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। केभीएसले पुष्प वाटिकालाई ५–० गोलले हरायो। केभीएसका अविरल थापाले ३ तथा नविन रोकाया र कृष्ण मखिमले १–१ गोल गरे।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बडले न्यु होलीक्रसलाई १–०, ब्रह्मकुञ्जले पाणिनीलाई ३–०, र लाइसियमले नवजीवनमाथि १–० लाई हराए।