हिसान खेलकुद बुधबारदेखि

0
Shares

काठमाडौं, (नेस) ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ।

खेलकुदमा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो। माकलबारीस्थित जया मल्टिपल कलेज र मनकामना फुटसलमा हुने फुटसलको ब्वाइजमा १६ र गल्र्समा १२ टिमको सहभागिता रहने छ।

बास्केटबल/भलिबलको ब्वाइजमा समान २०–२० र गल्र्समा समान १०–१० टिमले भाग लिनेछन्। टेबलटेनिसमा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टग अफ वारको ब्वाइजमा २४ र गल्र्समा १६ टिमको सहभागिता पक्का भएको जानकारी गराइयो।