इनोभेटिभ दोहोरो उपाधिनजिक

0
Shares

काठमाडौं, (नेस) ।

आयोजक इनोभेटिभको ब्वाइज र गल्र्स दुवै टिम नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभले पुष्प सदनलाई ६०–५१ ले पराजित गर्दै ज्ञान निकेतनसंग ब्वाइजको फाइनलमा भेट हुने तय गर्यो। टोलीको जितमा रेनिश खड्काले २० अंक जोडे।

गल्र्समा इनोभेटिभले एसियन पब्लिकको चुनौती ३८–११ ले समाप्त पार्यो। इनोभेटिभकी स्वच्छता थापाले ११ अंक जोडिन्। उपाधिका लागि इनोभेटिभले स्वप्न वाटिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।