चितवन टाइगर्समा पउल

0
Shares

काठमाडौं, (नेस)।

चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रूपमा पउल स्टर्लिङलाई आबद्ध गरेको छ। पउलले गत संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पनि चितवनबाटै खेलेका थिए।

आयरल्यान्डका प्रमुख खेलाडी पउलले गत महिना आयरल्यान्डलाई वेस्ट इन्डिजविरुद्धको टी २० अन्तर्राष्ट्रियमा जित दिलाउन ठूलो भूमिका खेलेका थिए। उनले सो खेलमा ४७ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९५ रन जोडेका थिए।

२९ वर्षीय पउलले ३ टेस्ट, १ सय १७ ओडीआई र ७५ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले ईपीएलका साथै बंगलादेश प्रिमियर लिग, टी १० लिग र इंग्लिस काउन्टीमा मिडलसेक्सबाट खेलिसकेका छन्।

यसअघि चितवनले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवम् विकेटकिपर मोहम्मद सेहजादलाई आबद्ध गरेको थियो। सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवनबाट कमलसिंह ऐरी, सागर ढकाल, साहब आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, ईशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भीम सार्की, खडक बोहरा लगायतका खेलाडीले खेल्दै छन्।