शेयर बजारमा झिनो सुधार



नेपाल समाचारपत्र, काठमाडौं। 

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५७ अंकले बढेर २८१ दशमलव ६२ बिन्दुमा पुगेको छ।

सोमबार कुल १ सय ७५ कम्पनीका २३ लाख ६० हजार ५ सय ८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रुपियाँमा खरिदबिक्री भएका छन्। कारोबार भएका कुल १२ मध्ये चार उपसमूहका शेयर ओरालो लागेका छन्। जलविद्युत्, वित्त र जीवन बीमा बढ्दा सामूहिक लगानी कोषको शेयर तटस्थ रह्यो।

कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर १३ करोड ६६ लाख दुई हजार ४ सय ६३ रुपियाँमा खरिदबिक्री भयो

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ८ दशमलव १० प्रतिशतले कमाए। यसदिन सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडका शेयरधनीले ७ दशमलव ३६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्