संसद्मा प्रहरी र सेनाको जबरजस्ती प्रवेश

0
Shares

सानसाल्भाडोर, (एजेन्सी)।

हातहतियारले सुसज्जित प्रहरी तथा सेना सोमबार जबरजस्ती एल साल्भाडोरको संसद्मा प्रवेश गरेका छन्। तिनीहरूले आफूलाई अझै सुव्यवस्थित बनाउनका लागि १० करोड ९० लाख अमेरिकी डलरबराबरको ऋण अनुमोदन गर्न माग गरेका छन्।

राष्ट्रपति नायिव बुकेलेले त्यहाँ उपस्थित विधायकहरूलाई सम्बोधन गर्न लागेको बेला तिनीहरु एक्कासि संसद्मा प्रवेश गरेका थिए। यसअघि नायिवले तिनीहरूलाई आफ्नो ऋण योजनाको समर्थन गर्न सात दिनको म्याद दिएका थिए।

विपक्षी राजनीतिज्ञहरूले यसरी संसद्मा सशस्त्र व्यक्तिहरू प्रवेश गर्नुलाई संसद्मा भएको अप्रत्यासित हस्तक्षेपको संज्ञा दिएका छन्। एल साल्भाडोर विश्वकै सबैभन्न्दा बढी हत्याको दर भएको मुलुकमध्ये एक हो।