प्रभावकारी बन्दै आयुर्वेद स्वास्थ्य केन्द्र

0
Shares

दयाराम पण्डित, बाजुरा।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ। मार्तडीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउनेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

आयुर्वेद कार्यालयको व्यवस्थापन र कर्मचारीको लगनशीलताका कारण आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीहरू बढेको स्थानीय सेवाग्राहीहरू बताउँछन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक २०/३० जनासम्म बिरामी उपचार गराउन आउने गरेका केन्द्रले जनाएको छ।

कुनै समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी पनि नआउने र उपचार हुन्छ भन्नेसमेत थाहा पाउने गरेका थिएनन्। कर्मचारी पनि घाम तापेर बस्नुबाहेक अन्य कुनै काम हुँदैन थियो। अहिले भने बिरामीको घुइँचो लाग्ने गरेको छ।

अस्पतालमा पुर्जीको शुल्क लाग्थ्यो, औषधि किन्नुपर्ने बाध्यता थियो। यहाँ त निःशुल्क भएको र आफूलाई लागेको रोगसमेत २ महिनामै ठीक भएको छ। पहिलाभन्दा धेरै सुधार हुनुको साथै आजभोलि राम्रोसँग हिँड्डुल गर्नसमेत सकेको बडिमालिका नगरपालिका–८ कि बिर्मा थापाले बताउनुभयो।

थापाले भन्नुभयो– ‘मेडिकलबाट औषधि लिएँ तर सन्चो नभएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गएर उपचार गर्दा सन्चो भएको छ। उहाँलाई पूर्वकर्म, सर्वा सदन सेवासहित औषधि दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी निमित्त कार्यालय प्रमुख दीक्षा भण्डारीले बताउनुभयो।

आफूलाई सन्चो भएको छ, पहिला उपचार गर्न जाँदैन थिएँ, अहिले भने धेरैजसो उपचार गर्न जाने गरेकी छु बूढीगंगाा नगरपािलका–५ की एक स्थानीयले बताउनुभयो।

बाजुरामा आयुर्वेद कार्यालयमा निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नहुँदा विगतमा बिरामी कम आउँथे प्रचार–प्रसार र बिरामी पनि सहज उपचार पाउन थालेपछि पहिलेभन्दा हाल धेरै जनाले नियमित सेवा लिने गरेको उहाँले बताउनुभयो।

उपचारमा आउने बिरामीलाई सेवा दिइरहेका छौं, सन्चो हुने भएर होला अहिले बिरामीको चाप निकै बढिरहेको छ। अस्पतालमा गएपछि औषधि पाइँदैन। यहाँ औषधि पनि निःशुल्क पाइने

सन्चो पनि हुने गरेको उपचारमा आएका बिरामीहरूले बताउने गरेका छन्। दैनिक २०/२५ जनासम्म उपचारमा आइरहने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी निमित्त कार्यलय प्रमुख दीक्षा भण्डारीले बताउनु भएको छ।

सो केन्द्रमा बाथ, अम्लपित्त, दम, खोकी, पिनास, ग्यास्टाइट्रिक, पाइल्स, छाला रोग, स्त्री रोग र उच्च रक्तचापलगायतका रोगहरूको उपचार हुने गरेको निमित्त कार्यालय प्रमुख भण्डारीले बताउनुभयो।