हिमाली जनजीवनमा मन्त्र

0
Shares

अभिनेता सौगात मल्ल र दिया पुनको मूख्य भूमिका रहेको फिल्म मन्त्रको ट्रेलर हालै सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको छ भने सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई प्रस्तुत गरिएको छ। फिल्ममा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाइएको छ।

मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको फिल्मका दृश्यहरूले दर्शकको मन जित्ने विश्वास निर्माण समूहको छ। खिलबहादुर गुरुङद्वारा निर्देशित फिल्मले हिमाली प्रेमकथा बोल्छ। फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ।

मनोज राजभण्डारीद्वारा निर्मित फिल्ममा देबेन्दै मानन्धर कार्यकारी निर्माता तथा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सहनिर्माता रहेका छन्। साम्तेन भुटियाले लेखेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ। चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा रिलिज गर्ने तयारी गरिएको छ।