एयरपोर्टको कफी सपमा आगलागी

0
Shares

काठमाडौं, (नेस)।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार आगलागी भएको छ। प्रहरीका अनुसार विद्युत् सट हुँदा अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षाकक्षको कफी शपमा आगलागी भएको हो।

आगलागी भएकाले अन्तर्राष्ट्रिय सबै उडानहरू दुई घण्टासम्म बन्द भएका थिए। उपत्यकाका दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको थियो। आगलागी भएपछि यात्रुहरू कोलाहल गर्दै भागेका थिए।