बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईको मृत्यु


न्युज अफ नेपाल, सिराहा ।

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सिराहाको नरहा गाउँपालिका–५ स्थित चोहर्वास्थित सडकमा ना ४ ख ९२४१ नम्बरको बसले लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

सिरहा नगरपालिका–३ रमौल बस्ने २९ वर्षीय अमन मण्डल र सोही नगरपालिका–३ मख्ना बस्ने ४५ वर्षीय शैलेन्द्र कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अमनको बिराटनगर न्यूरो अस्पताल र शैलेन्द्रको राउ अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।