अख्तियार शाही आयोग जस्तै ओली आयोग बन्न खोज्यो– खतिवडा


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलेको शाही आयोग जस्तै अहिले ओली आयोग बन्दै गएको आरोप लगाउनु भएको छ ।

वालुवाटार जग्गा प्रकरणमा कांग्रेस पुर्व मन्त्री समेत रहेका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई पनि भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले अख्तियार विरुद्ध विरोधका स्वरहरुलाई वुलन्द बनाउदै लगेको छ । यसै सन्दर्भमा न्युज अफ नेपालसँग कुरा गर्दै नेता खतिवडाले भन्नुभयो– ‘कांग्रेसको विरोध आफ्नो नेतालाई मुद्धा लगायो भन्ने होईन, अख्तियारले पक्षपातपुर्ण काम गर्यो भन्ने हो ।’ कानुन सबैलाई बराबर हुने भन्दै उहाँ भन्नुहुन्छ– ‘एउटै मन्त्रिीपरिषदले गरेको निर्णयमा प्रधानमन्त्री निर्दोष मन्त्री दोषी कसरी हुन्छ ?’

नेपाली कांग्रेस कानुनी राज्यको पक्षमा रहेको भन्दै खतिवडाले कांग्रेसले नै निष्पक्ष र स्वतन्त्र छानविन गर्न अख्तियारलाई संवैधानिक आयोग बनाएको बताउनु भएको छ । वालुवाटार प्रकरणमा कांग्रेसले शुरु देखि नै निष्पक्ष छानविन गर्न माग गरेको भन्दै उहाले कम्युनिष्ट सत्ताको प्रभावमा अख्तियारले राजनितिक पुर्वाग्रहको आधारमा मुद्धा दाएर गरेपछि कांग्रेसले विरोध गर्नुपरेको पनि बताउनु भएको छ ।

‘हामिले गलत गर्नेलाई कार्वाही गर भनेका हौं, हाम्रो मान्छेलाई जोगाउ भनेका हैनौ’ सार्वजनीक लेखा समितिमा समेत कार्य गरिसक्नु भएको नेता खतिवडा भन्नुहुन्छ । मन्त्रीपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीको नितिगत हुने मन्त्रीको नहुने के हो ? । कांग्रेसको माग पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई पुर्व मुख्य सचिव लिलामणी पौडेल, नेकपा नेता विष्णु पौडेल लगाएतलाई पनि यो प्रकरणमा मुद्धा लाग्नुपर्ने रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले आयोगलाई सत्ताको आडमा ठुलो भन्सारको रुपमा प्रयोग गरिरहेको भन्दै नेता खतिवडाले संवैधानीक आयोग भन्सारको रुपमा देखा परिरहेको आरोप पनि लगाउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तराईमा बलियो रुपमा रहेको बेला तराई क्षेत्रका प्रभावशाली नेताहरु अख्तर अलाम र विय गच्छेदारलाई साईड लगाएपछि आफु बलियो हुने कम्युनिष्ट पार्टीको धारणा हुन सक्ने काग्रेसका नेताहरुले बताउदै आएका छन् ।

त्यसो त गच्छेदारलाई साइड लगाउदा कांग्रेस पार्टी भित्रका नेताहरुलाई पनि फाइदा पुग्ने कतिपय नेताहरुको अनुमान छ । नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक प्रभावशाली नेता भन्छन– कांग्रेसको १४औं महाधिवेशनमा गच्छेदार उपसभापति हुने पक्का पक्कि छ । गच्छेदार साईड लागेपछि यसको प्रत्यक्ष लाभ अर्का उपसभापति विमलेन्द्र निधिलाई हुने ति निताको ठम्याई थियो ।