विमान चालकद्वारा आफ्ना नागरिक उद्दारका लागि चीन जान अस्वीकार

0
Shares

ऐजेन्सी । बंगलादेशी विमान चालकहरुले चीनमा रहेका आफ्ना नागरिकलाई उद्दारका लागि उडान भर्न अस्वीकार गरेका छन् ।

यस अघि बंगलादेशले आफ्ना ३१२ नागरिकको उद्धार गरेको थियो । चीनमा रहेका थप १७१ जना नागरिकलाई उद्दार गर्ने योजनामा रहेको बंगलादेश सरकारको कुरामा विमान चालकले असहमति जनाएका हुन् । यति मात्र नभएर सरकारलाई उद्दार कार्यको योजना नबनाउन समेत चालक दलले दवाब दिएका छन् ।

चीनमा रहेका आधिकांस बंगलादेशी अध्ययनका लागि गएका विद्यार्थी रहेका छन् । बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले पहिलो उद्दार कार्यमा सहभागी भएका चालक दलले समेत अहिले जान अस्वीकार गरेको बताए । अहिलेसम्म बंगलादेशमा कोरोना संक्रमित व्यक्ति भेटिएका छैनन् ।

यस अघि चीनबाट फर्काइएका विद्यार्थी र चालक दलका सदस्यहरू समेतलाई १४ दिने क्वारेन्टाइनमा राखिएको थियो । विमान नपठाउँदासम्म आफ्ना नागरिकको उद्दार गर्न नसकिने मोमेनले जनाएका छन् ।

स्वदेशी चालकले अस्वीकार गरेपछि चिनियाँ विमान चार्टर गर्ने तर्फ सरकार लागि परेको जनाइएको छ ।