पर्वतमा जीपबाट यात्रु खस्दा गम्भीर घाइते

0
Shares

दुर्गा प्रसाद शर्मा,पर्वत।

पर्वतको जलजला गाउँपालिका वडा नं ९ बनौबाट कुस्माबजार तर्फ आउँदै गरेको ध १ ज ७५३ नम्बरको जीपबाट खसेर एक जना यात्रु गम्भीर घाइते भएका छन ।

मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ्ग सडक खण्डमा पर्ने कुस्मा नगरपालिका वडा नं ४ स्थित अर्मादी घुम्तीमा जीपबाट खसेर जलजला गाउँपालिका – ९ बनौका ४८ बर्षिय बेलबहादुर पुन गम्भीर घाइते हुनुभएको हो ।

घाइते पुनको अबस्था गम्भीर भएका कारण पर्वत अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो ।

जीप चालक र जीप नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको डिएसपी अर्यालले बताउनुभयो । कुस्माबजारको मुख्यचोक शिबालयचोकमा आइतबार बसको ठक्करबाट एक जना यात्रुको समेत ज्यान गएको थियो ।