होस् गरौँ है यसरी पनि सर्न सक्छ कोरोना !

0
Shares

एजेन्सी ।

यतिबेला विश्वभर नोबेल कोरोना भाइरसको चर्चा चुलिएको छ । कारोनाकै कारण ९०२ जनाको मृत्यु भईसकेको छ भने झण्डै ४० हजार भन्दा बढी संक्रमित भएको तथ्याङ्कहरुले देखाएका छन् । सामान्यतया रुघाखोकीका कारण सर्ने कोरोना भाइरस पछिल्ला अनुन्धानहरुबाट भने मलमूत्रबाट समेत सर्ने अनुसन्धानकर्ताहरुले निष्र्कष निकालेका छन् ।

मिडिया रिर्पोटका अनुसार १३८ जनामा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्ष पत्ता लागेको हो । झाडापखालाबाट समेत सर्ने निष्र्कषले यसको खतरा झन् धेरै देखिएको छ । नेपाल जस्तो बिकासोन्मुख मुलूकमा खानेपानीका स्रोतहरु प्रायः खुला हुने गरेका छन् । पानीमा मिसिने दिशाका किटाणुहरुका कारण पनि कोरोना भाइरस शरीरमा प्रवेश गर्न सक्छ । बिरामीको श्वासप्रश्वास पक्रियामा बढी ध्यान दिँदा अन्य कुराहरुबाट पनि सर्ने कुरामा ढिलो चासो गएको बताईएको छ ।