थाइल्यान्डमा आक्रमणकारी कमान्डो मारिए

मृतकको संख्या २९ , घाइते ५७

0
Shares

बैंकक, (एजेन्सी)।

थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान ओचाले देशको उत्तरपूर्र्वी भागमा एक जना सैनिक जवानले अन्धाधुन्द चलाएको गोली लागेर मर्नेको संख्या २९ पुगेको आइतबार पुष्टि गरेका छन्। मारिने सबै सर्वसाधारण रहेको बताइएको छ। प्रायुथका अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन्। सुरक्षा कारबाहीमा यस घटनामा गोली चलाउने सैनिकको पनि मृत्यु भएको छ।

देशको नाखोन रात्चासिमा शहरमा रहेको एउटा सामान किनमेल गर्ने ‘सपिंग मल’ मा एकजना मानसिक अवस्था गडबड भएको सैनिक कमान्डोले जथाभावी अन्धाधुन्द गोली चलाएका थिए। शनिबार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेको बताइएका जाक्रापन्थ थोम्मा नामक ती व्यक्तिलाई आत्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँलगिएको थियो।

उत्तरपूर्वी शहर नाखोन रात्चासिमाका चार स्थानमा यसरी गोली चलाएपछि अन्ततः आइतबार बिहान उनलाई सुरक्षाकर्मीले गोली हानी मारेका हुन्। ३२ वर्र्षीय ती बन्दुकधारीलाई भवनको पछिल्तिरबाट भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको स्थानीय थाइ प्रहरी र सञ्चार माध्यमले जनाएका थिए।

उनी गोली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँएउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ। फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मज्जा गर्ने समय आएको ’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए। फेसबुकले अहिले त्यो पेज हटाइ सकेको छ।

मारिनेमा अधिकांश शहरको टर्मिनल २१ सपिंग सेन्टरमा किनमेल गर्न आउनेहरु परेका छन्। उनी सैनिक अखडाबाट चोरिएको ठूलो परिमाणका गोलीगठ्ठा र हतियारसहित रातभरि त्यहीं रहेका थिए। प्रधानमन्त्री प्रायुथले ती आक्रमणकारीको एउटा र किन्ने विषयमा आफ्नो कमान्डिङ अफिसरका एकजना आफन्तसँग मनमुटाव रहेको पत्रकारलाई जानकारी दिएका छन्।

आक्रमणको दौरान सयांै किनमेल गर्न आएका मानिसहरु आफंै समूहमा झुक्दै मलबाट भाग्न सफल भएका थिए। त्यसै गरी प्रहरी र सेनाले पनि थुप्रैलाई शकुसल उद्धार गरेका थिए। घटनास्थलबाट भागेर बच्न सफल एक व्यक्तिले स्थानीय आमारिन टेलिभिजनलाई ती आक्रमणकारीले मानिसहरुको टाउको ताकीताकी गोली हानेको बताएका छन्।