फेडेरर–नाडालको म्याचमा कीर्तिमानी दर्शक

0
Shares

लन्डन, (एजेन्सी)।

फेडाल अर्थात् फेडेरर र नाडालबीच खेलिएको एक प्रदर्शनी म्याच हेर्न कीर्तिमानी संख्यामा दर्शक उपस्थिति भएको छ।शनिबार दक्षिण अफ्रिकामा भएको उक्त म्याच हेर्न ५१ हजार ९ सय ५४ दर्शक खेलस्थल पुगेका थिए। यो कुनै पनि टेनिस म्याचमा हालसम्मकै सर्वाधिक दर्शक उपस्थिति संख्या समेत हो।

उक्त म्याच सन् २०१० मा सम्पन्न फीफा विश्वकपका लागि बनाइएको केपटाउन फुटबल स्टेडियममा खेलिएको थियो।अस्थायी टेनिस कोर्ट बनाएर खेलिएको उक्त म्याचबाट रोजर फेडरर फाउन्डेसनले करीब ४० करोड नेपाली रुपैयां बराबरको रकक संकलन गरेको बताइएको छ। उक्त रकम द. अफ्रीकी बच्चाहरूको शिक्षामा खर्च गरिनेछ।

उक्त म्याचमा भने फेडेररले राफेल नाडाललाई ६–४, ३–६, ६–३ ले पराजित गरेका थिए। त्यसपछि एउटा डबल्स म्याच पनि खेलिएको थियो। जसमा फेडेररले अमेरिकी ब्यापारी तथा समाजसेवी बिल गेट्ससँग जोडी बनाएका थिए।

त्यस्तै नाडाल भने द. अफ्रीकाका हाँस्य कलाकार ट्रेभर नोआहलाई जोडी बनाएर कोर्टमा उत्रेका थिए। फेडेररका आमा लिनेटले भने म्याच अघि सिक्का टस गरेका थिए। एक सेट मात्र खेलिएको सो म्याचमा फेडेरर र गेट्सको जोडी ६–३ ले विजयी बनेका थिए। फेडेररकी आमा लिनेट भने द. अफ्रीकी मूलकी हुन्।